रास्वपाका लागि बेलायतमा समानुपातिक सांसद आवेदन आव्हान
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभामा समानुपातिकतर्फका उम्मेदवार छनोटका लागि बेलायतमा रहेका इच्छुक सदस्यबाट डिसेम्बर ५ भित्र आवेदन माग गरेको छ। पार्टीको प्रवास समन्वय विभाग यूकेले प्रक्रिया पारदर्शी र खुला रहने जनाएको छ।
लन्डन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य बन्न इच्छुक व्यक्तिहरूका लागि बेलायतमा पनि आवेदन आव्हान गरेको छ।
रास्वपा प्रवास समन्वय विभाग यूकेका सभापति पवन शर्माले जारी गरेको वक्तव्य अनुसार इच्छुक उम्मेदवारले डिसेम्बर ५ भित्र आवेदन पठाउनुपर्नेछ।
पार्टीमा आवद्ध, सक्रिय योगदान गरिरहेका तथा रास्वपाको सिद्धान्तप्रति प्रतिवद्ध व्यक्तिहरूलाई आवेदन दिन आग्रह गरिएको छ। आवेदनमा पूरा नाम, सम्पर्क नम्बर, इमेल ठेगाना, संक्षिप्त परिचय, अनुभव र योग्यतासहित बायोडाटा तथा पार्टीप्रतिको प्रतिवद्धता र दृष्टिकोण समेटिएको छोटो वक्तव्य समावेश गर्नुपर्नेछ।
समयभित्र प्राप्त भएका आवेदनहरूलाई पार्टीको नीति, संगठनात्मक संरचना र प्रक्रियाअनुसार मूल्यांकन गरिने तथा योग्य उम्मेदवार सिफारिस गरिने प्रवास विभागले जनाएको छ।
फागुन २१ मा निर्धारित निर्वाचनका लागि केन्द्रीय तहमा आवश्यक तयारी र उम्मेदवार छनोट प्रक्रिया सुरु भइसकेको वक्तव्यमा उल्लेख छ।
रास्वपाले नयाँ नेतृत्व, पारदर्शी चयन प्रणाली तथा प्रवास सदस्यहरूको सहभागितालाई प्राथमिकतामा राख्दै समानुपातिक सूची निर्माणका लागि खुला र निष्पक्ष प्रक्रिया अघि बढाएको जनाएको छ।
रास्वपा यूकेको सम्पर्क
इमेल: contactrspuk@gmail.com
टेलिफोन: 07777136070
वेबसाइट: www.onld.co.uk

December 05, 2025