बेलायतमा गढ बनाउदै रास्वपा - Muluk Darpan

बेलायतमा गढ बनाउदै रास्वपा Muluk Darpan

बेलायत ५ भदौ । पारिवारीक भ्रमणका क्रममा बेलायत पुगेकी रास्वपाकी युवा साँसद सोबिता गौतमले हिजो वेल्समा बनिरहेको...

बेलायत ५ भदौ । पारिवारीक भ्रमणका क्रममा बेलायत पुगेकी रास्वपाकी युवा साँसद सोबिता गौतमले हिजो वेल्समा बनिरहेको नेपाली भिलेज परियोजनाको अवलोकन गर्नुका साथै वेल्सका युवा साँसद र मेयरसङ्ग भेटघाट तथा अन्तर्कृया गरेकी छिन् ।
प्रवास नेपाली सम्पर्क बिभाग युकेको आयोजना तथा नेपाली भिलेज( ब्रेकन) परियोजना समितीको संयोजनमा आयोजित सो अवलोकन भ्रमणका क्रममा साँसद गौतमले आफ्नो ब्यक्तिगत भ्रमणका वाबजुद पनि बेलायतमा रहेका नेपालीहरुसङ्ग भलाकुसारी गर्न र नेपालकै गौरवको रुपमा बिकास भईरहेको नेपाली भिलेज परियोजना नियाल्न पाउँदा आफुलाई निक्कै खुशी लागेको बताईन् । आफ्नो श्रीमान् गृहेन्द्र घिमिरे र आमाको साथमा नेपाली भिलेज अवलोकन गर्न पुगेकी साँसद गौतमलाई परियोजनाका प्रवन्ध निर्देशक मेजर खुशीमान गुरुङ्ग, रास्वपा युके बिभागका सहमहामन्त्री यज्ञराज कार्की र धम्पुस- ब्रेकन मितेरी संघका अध्यक्ष तथा पुर्व मेयर डेभिड मेरीडिथकि सहितको टोलीले स्वागत गरेका थिए ।
नेपाली भिलेज अवलोकनकै अवसरमा २८ बर्षिय साँसद गौतमले ब्रेकन सिटि काउन्सिलकी ३० बर्षिय युवा मेयर मिशेला डेभिस र वेल्स कन्जरभेटिभ पार्टीका युवा साँसद तथा छायाँमन्त्री जेम्स ईभान्ससङ्ग भेटवार्ता गरी त्यहाँको बिकास प्रकृयाबारे बुझ्ने कार्य पनि गरेकी छिन् । “मलाई यहाँ आईपुग्दा आफ्नै देशको भूमीमा आए जस्तो महसुष भयो- ठ्याक्कै नेपाल जस्तै…..” नेपालीभिलेजको प्राङ्गणमा उभिंदै आफ्नो अनुभव साट्ने क्रममा साँसद गौतमले भनिन् “……हाम्रो कला र सँस्कृतीलाई जोगाई राख्न यहाँका नेपालीले गरेको यो प्रयत्न अतिनै सर्‍हानीय छ ।”
परियोजनाको अवलोकन पस्चात् मेजर खुशीमान गुरुङ्ग दम्पत्तीद्वारा आफ्नै निवासमा आयोजीत चियापान कार्यक्रममा सहभागी भएकी साँसद गौतमले परियोजनाका ब्यवस्थापक खुशीमान गुरुङ्ग र उहाँकी धर्मपत्नी मन्जु गुरुङ्गको न्यानो आतिथ्यताले आफुलाई परदेशको भुमीमा पनि अतिथी: देवो: भव; को नेपाली भाव जीवन्त रहेको महसुष भएको समेत बताएकी थिइन् । स्मरण रहोस् , वेल्सको ब्रेकन सिटि र नेपालको धम्पुसबिच सन् २०१९ देखि मितेरी सम्बन्ध कायम रहिआएको छ ।
नेपाली भिलेज अवलोकन कार्यक्रममा रास्वपा युके बिभागका कोषाध्यक्ष बाबुराम न्यौपाने ,सदस्य शान्त कुमार गुरुङ्ग र पङ्कज अर्याल सहित परियोजनाका डाईरेक्टरहरु बिक्रम भट्टराई , लोकेन्द्र श्रेष्ठ र योजना निर्देशक कोलिन प्रिस लगायतको सहभागीता रहेको थियो ।

December 05, 2025

Insignts

Latest News.

रास्वपा यूकेबाट समानुपातिक उम्मेदवारमा सिफारिश भए रमेश बेल्वासे

रास्वपा यूकेबाट समानुपातिक उम्मेदवारमा सिफारिश भए रमेश बेल्वासे

लन्डन– राष्ट्रिय स्वतन्त्र पार्टीको बेलायत शाखाले फागुन २१ मा आसन्न आम निर्वाचनका लागि समानुपातिकतर्फ बेलायतबाट एक उम्मेदवार सिफारिश गरेको छ।


December 10, 2025 Read More
रास्वपाका लागि बेलायतमा समानुपातिक सांसद आवेदन आव्हान

रास्वपाका लागि बेलायतमा समानुपातिक सांसद आवेदन आव्हान

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभामा समानुपातिकतर्फका उम्मेदवार छनोटका लागि बेलायतमा रहेका इच्छुक सदस्यबाट डिसेम्बर ५ भित्र आवेदन माग गरेको छ। पार्टीको प्रवास समन्वय विभाग यूकेले प्रक्रिया पारदर्शी र खुला रहने जनाएको छ।


December 05, 2025 Read More
बेलायतमा गढ बनाउदै रास्वपा - Muluk Darpan

बेलायतमा गढ बनाउदै रास्वपा - Muluk Darpan

बेलायत ५ भदौ । पारिवारीक भ्रमणका क्रममा बेलायत पुगेकी रास्वपाकी युवा साँसद सोबिता गौतमले हिजो वेल्समा बनिरहेको...


December 05, 2025 Read More