मानविय सहयोग गर्दै रास्वपा युके बिभागले मनायो स्थापना दिवस

मानविय सहयोग गर्दै रास्वपा युके बिभागले मनायो स्थापना दिवस

मानविय सहयोग गर्दै रास्वपा युके बिभागले मनायो स्थापना दिवस

newsabhiyan

काठमाडौं : भड्किलो र खर्चिलो रुपमा संचालन हुने सभा सम्मेलन तथा गोष्ठी जस्ता औपचारिक कार्यक्रमहरुलाई सकेसम्म निस्तेज गर्दै  मानविय कार्यहरुलाई प्राथमिकता दिने उद्देस्य लिएको रास्वपा समर्थित प्रवास नेपाली संपर्क बिभाग युकेले गत असार ७ गतेका दिन आफ्नो सामाजिक उत्तरदायित्व निभाउँदै रास्वपाको प्रथम स्थापना दिवस मनाएको छ ।

नेपालका  बिभिन्न कारागारहरुमा कैद रहेका बन्दिहरुको बालबालिकालाई सहयोग गर्ने हेतुले बन्दी साहयता नेपाललाई आर्थिक सहयोग गर्दै युके बिभागले स्थापना दिवस मनाएको हो । 

भर्चुअल रुपमा एक छोटो कार्यक्रमको आयोजना गरी प्रवास नेपाली संपर्क बिभागले बन्दी सहायता नेपालकी अध्यक्ष शुवानी आले मगरलाई रु २ लाख आर्थिक सहयोग हस्तान्तरण गरेको छ। रास्वपाकी युवा सांसद सोबिता गौतमको बिशेष उपस्थीमा आयोजित सो सहयोग हस्तान्तरण कार्यक्रममा युके बिभागका सभापती पवन शर्माले सो सहयोगको घोषणा गर्दै छोटो अवधीमा बिभागका पदाधीकारीहरु मार्फत ब्यक्तिगत सहयोग संकलन गरी सो सहयोग उपलब्ध गराएको जानकारी दिनु भयो ।

''हामी सकेसम्म फजुल खर्च गरेर आशन ग्रहण र भाषणमा मात्र सिमित हुने औपचारिक कार्यक्रमहरुलाई निस्तेज पार्दै सामाजिक सेवा र मानविय कार्यहरुलाई प्राथमिकता दिने प्रयासमा छौ'' भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै सभापति शर्माले भन्नु भयो ''औपचारिक कार्यक्रममा खर्च गरिने अनावश्यक साजसज्जा र जलपानको खर्च मात्रै कटौती गर्न सके पनि  सो रकमले नेपालका अती बिपन्न केही परिवारको लागि राम्रै सहयोग हुन सक्छ भन्ने लागेर हामीले यो प्रयास गरेका हौं । ''
 
सहयोग हस्तान्तरणको लागि आयोजित भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै रास्वपाकी सांसद सोविता गौतमले रास्वपा अन्य पार्टी भन्दा किन पृथक छ त ? भनेर प्रश्न गर्नेहरुलाई  युके बिभागले आयोजना गरेको मानविय कार्यलेनै पुष्टी गरेको बताउनु भयो । '' हामीले अन्य दलभन्दा फरक रुपमा सोच्छौ र फरक तरिकाले काम गर्छौ भन्ने ज्वलन्त उदाहरण आजको यो सहयोग हस्तान्तरणहो  ।'' उहाँले भन्नु भयो । 

रास्वपाको प्रथम स्थापना दिवसको अवसरलाई मानविय  सेवाको अवसरको रुपमा सदुपयोग गरी आर्थिक सहयोग गरिदिएकोमा बन्दी सहायता नेपालकी अध्यक्ष सुवानी आले मगरले युके बिभागलाई धन्यवाद दिदै आफुले  आफ्नी आमा, हालकी उपसभामुख ईन्दिरा राना मगरले निक्कै मेहनत र परिश्रमकासाथ  स्थापना गरेको उक्त संस्थालाई हुर्काउने र बढाउने उद्देश्यका बोकी आफुले  बेलायतबाट फर्किएर संस्था संचालनको जिम्मेवारी बोकेको बताउनु भयो ।

युके बिभागका सहमहामन्त्री यज्ञराज कार्कीको सहजिकरणमा संचालित उक्त सहयोग हस्तान्तरण कार्यक्रममा महामन्त्री पिपला देवान पाण्डेले सहभागीहरुलाई स्वागत ब्यक्त गर्नुका साथै उपसभापती कोश्लेश्वर ढकालले कार्यक्रमको बिषयमा जानकारी गराउनु भएको थियो ।

साथै  स्पेन, भारत, जापान र अष्ट्रियाका बिभाग संयोजकहरुले युके बिभागको मानविय कार्यको प्रशंसा गर्दै  रास्वपा स्थापना दिवसको अवसरमा आ आफ्नो शुभकामना सन्देश ब्यक्त गर्नु भएको थियो ।

December 05, 2025

Insignts

Latest News.

रास्वपा यूकेबाट समानुपातिक उम्मेदवारमा सिफारिश भए रमेश बेल्वासे

रास्वपा यूकेबाट समानुपातिक उम्मेदवारमा सिफारिश भए रमेश बेल्वासे

लन्डन– राष्ट्रिय स्वतन्त्र पार्टीको बेलायत शाखाले फागुन २१ मा आसन्न आम निर्वाचनका लागि समानुपातिकतर्फ बेलायतबाट एक उम्मेदवार सिफारिश गरेको छ।


December 10, 2025 Read More
रास्वपाका लागि बेलायतमा समानुपातिक सांसद आवेदन आव्हान

रास्वपाका लागि बेलायतमा समानुपातिक सांसद आवेदन आव्हान

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभामा समानुपातिकतर्फका उम्मेदवार छनोटका लागि बेलायतमा रहेका इच्छुक सदस्यबाट डिसेम्बर ५ भित्र आवेदन माग गरेको छ। पार्टीको प्रवास समन्वय विभाग यूकेले प्रक्रिया पारदर्शी र खुला रहने जनाएको छ।


December 05, 2025 Read More
बेलायतमा गढ बनाउदै रास्वपा - Muluk Darpan

बेलायतमा गढ बनाउदै रास्वपा - Muluk Darpan

बेलायत ५ भदौ । पारिवारीक भ्रमणका क्रममा बेलायत पुगेकी रास्वपाकी युवा साँसद सोबिता गौतमले हिजो वेल्समा बनिरहेको...


December 05, 2025 Read More