रास्वपा सांसद गौतमद्वारा बेलायतमा बन्दै गरेको नेपाली भिलेज अवलोकन

रास्वपा सांसद गौतमद्वारा बेलायतमा बन्दै गरेको नेपाली भिलेज अवलोकन

रास्वपा सांसद गौतमद्वारा बेलायतमा बन्दै गरेको नेपाली भिलेज अवलोकन


लन्डन- व्यक्तिगत भ्रमणमा बेलायत आएकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की संघीय सांसद सोविता गौतमले यहाँस्थित नेपाली समुदायसँग पनि भेटघाट र अन्तरक्रिया गरिरहेकी छन्।


यसै क्रममा उनले सोमबार वेल्समा निर्माण भइरहेको नेपाली भिलेज यूकेको अवलोकन भ्रमण गरेकी छन्। सोही अवसरमा उनले वेल्सका छायाँमन्त्री र ब्रेकन सिटीकी मेयरसंग भेटवार्ता पनि गरेकी छन्।


रास्वपा प्रवास नेपाली सम्पर्क विभाग यूकेको आयोजना तथा नेपाली भिलेज वेल्स परियोजना समितिको संयोजनमा सांसद गौतमको भिलेज अवलोकन भ्रमण राखिएको थियो।



पति गृहेन्द्र घिमिरे र आमाका साथ भिलेज अवलोकनमा गएकी उनलाई परियोजनाका प्रवन्ध निर्देशक मेजर खुशीमान गुरुङ एमभिओ, धम्पुस-ब्रेकन मितेरी संघका अध्यक्ष तथा पूर्व मेयर डेभिड मेरीडिथकिलगायतले स्वागत गरेका थिए।


उनीहरुले परियोजनाको बिस्तृत योजनाबारे प्रिजेन्टेसनमार्फत् जानकारी गराएका थिए।



बेलायतमा नेपालकै गौरवको रुपमा बन्दै गरेको नेपाली भिलेज परियोजना अवलोकन गर्न पाउँदा सांसद गौतमले खुशी व्यक्त गरेकी थिइन्। नेपाली मौलिक कला, संस्कृति प्रवर्द्धनको लागि बेलायतवासी नेपालीबाट गरिएको प्रयास प्रशंसनीय रहेको उनले उल्लेख गरिन्।



सोही अवसरमा सांसद गौतमले स्थानीय ब्रेकन सिटी काउन्सिलकी ३० वर्षीया युवा मेयर मिसेला डेभिस र वेल्स कन्जरभेटिभ पार्टीका युवा सिनेट मेम्बर तथा छायाँमन्त्री जेम्स इभान्ससँग पनि भेटवार्ता गरेकी थिइन्।


त्यस क्रममा उनले यहाँको विकास प्रक्रियाबारे जानकारी पनि लिएकी छिन्।


नेपाली भिलेज अवलोकन कार्यक्रममा एनआरएनए आइसीसी सदस्य विष्णु चालिसे, रास्वपा प्रवास समन्वय विभागका सहमहामन्त्री यज्ञराज कार्की, कोषाध्यक्ष बाबुराम न्यौपाने, सदस्यहरु शान्त कुमार गुरुङ र पंकज अर्यालका साथमा नेपाली भिलेज परियोजनाका निर्देशकहरु विक्रम भट्टराई, लोकेन्द्र श्रेष्ठ र योजना निर्देशक कोलिन प्रिसलगायतको सहभागिता थियो।


परियोजनाको अवलोकनपश्चात प्रवन्ध निर्देशक मेजर खुशीमान गुरुङ र श्रीमती मञ्जु गुरुङले सांसद गौतमको सम्मानमा एक चियापान कार्यक्रम आयोजना गरेका थिए।


नेपाली भिलेज निर्माण हुँदै गरेको वेल्सको ब्रेकन नगर र नेपालको धम्पुसबीच सन् २०१९ मा मितेरी सम्बन्ध कायम भएको थियो ।




December 05, 2025

Insignts

Latest News.

रास्वपा यूकेबाट समानुपातिक उम्मेदवारमा सिफारिश भए रमेश बेल्वासे

रास्वपा यूकेबाट समानुपातिक उम्मेदवारमा सिफारिश भए रमेश बेल्वासे

लन्डन– राष्ट्रिय स्वतन्त्र पार्टीको बेलायत शाखाले फागुन २१ मा आसन्न आम निर्वाचनका लागि समानुपातिकतर्फ बेलायतबाट एक उम्मेदवार सिफारिश गरेको छ।


December 10, 2025 Read More
रास्वपाका लागि बेलायतमा समानुपातिक सांसद आवेदन आव्हान

रास्वपाका लागि बेलायतमा समानुपातिक सांसद आवेदन आव्हान

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभामा समानुपातिकतर्फका उम्मेदवार छनोटका लागि बेलायतमा रहेका इच्छुक सदस्यबाट डिसेम्बर ५ भित्र आवेदन माग गरेको छ। पार्टीको प्रवास समन्वय विभाग यूकेले प्रक्रिया पारदर्शी र खुला रहने जनाएको छ।


December 05, 2025 Read More
बेलायतमा गढ बनाउदै रास्वपा - Muluk Darpan

बेलायतमा गढ बनाउदै रास्वपा - Muluk Darpan

बेलायत ५ भदौ । पारिवारीक भ्रमणका क्रममा बेलायत पुगेकी रास्वपाकी युवा साँसद सोबिता गौतमले हिजो वेल्समा बनिरहेको...


December 05, 2025 Read More